नियम ४१
सरुवा हुने निजामती कर्मचारीले प्रतिवेदन बुझाउनु पर्ने
: (१) कुनै कार्यालयको प्रमुख अर्को कार्यालयमा सरुवा हुंदा निजले आफ्नो
जिम्माको कार्य सम्पादन मूल्याङ्कन फारामहरू, लेखा, बेरुजु फछ्र्यौट र बांकीको विवरण, गोप्य कागजातहरू, पेश्कीको स्थिति र
कार्यालयको फछ्र्यौट गर्न बांकी कार्यहरूको प्राथमिकता स्पष्ट देखिने गरी विवरण तयार गरी हालवालालाई वा निज नभए निकटतम
ज्येष्ठ निजामती कर्मचारीलाई बुझाउनु पर्नेछ ।
(२) कार्यालय प्रमुख बाहेकका अन्य निजामती कर्मचारीको सरुवा हुंदा निजले आफ्नो जिम्मामा रहेको बांकी वक्यौता,
कार्यालयको फछ्र्यौट गर्न बांकी कार्यहरूको प्राथमिकता स्पष्ट देखिने विवरण र आफ्नो कार्य विवरण अनुसारको काम सम्बन्धी विवरण
तयार गरी कार्यालय प्रमुखले तोकेको निजामती कर्मचारीलाई बुझाउनु पर्नेछ ।
तर काबु बाहिरको परिस्थिति परी समयमा विवरण बुझाउन नसकेमा सरुवा भएको कार्यालयमा हाजिर भएको सात दिनभित्र
विवरण तयार गरी साविक कार्यालयमा पठाउनु पर्नेछ ।
(३) उपनियम (१) र (२) बमोजिम प्रतिवेदन नबुझाउने निजामती कर्मचारीलाई अख्तियारवालाले विभागीय सजाय गर्नेछ ।